माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । नेकपा माओवादी केन्द्रले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो ।  संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही घण्टाअघि बसेको बैठकले राष्ट्रिय सभा दलको प्रमुख सचेतकमा गोपी अछामी, सचेतकमा गंगा बेलबासे र सचिवमा रामनारायण बिडारी चयन  गरेको छ ।  सांसदहरूले उठाएका विषयमा दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले जवाफ दिएको बैठकले मंगलबार सुरु हुने हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सांसदहरूलाई निर्देशन दिएको छ ।  साथै बैठकले सर्वदलीय बैठक बसेर संसदीय गत्यावरोध हटाउन आवश्यक पहल गरिने निर्णय पनि गरेको छ । संघीय संसदको दुवै सदनको मंगलबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरिएको छ ।   ।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १२:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार