निधिलाई भेट्न देउवा पुगे निवास, मागे सहयोग

मंगलबार, मंसिर २८, २०७८

काठमाडौं, २८ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता विमलेन्द्र निधिलाई भेट्न उनको निवास पुगेका छन् । केही समयअघि मात्रै दुवै नेताबीच भेट भएको हो । कांग्रेस सभापतिको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानको तयारी भइरहेको छ । दोस्रो चरणको मतदानमा आफूलाई सहयोग माग्न देउवा निधि भेट्न उनको निवास पुगेका हुन् ।  कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको अन्तिम मत परिणामअनुसार देउवाले २२५८, शेखर कोइरालाले १७०२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाएका थिए ।  यसअघि नै देउवा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर उनको समर्थन हासिल गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  ११:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार