सभापतिमा दाेस्राे चरणकाे चुनाव हुने भएपछि प्रकाशमानलाई भेट्न पुगे बालकृष्ण खाँण

मंगलबार, मंसिर २८, २०७८

काठमाडाैं, २८ मंसिर : नेपाली कांग्रेसकाे २४औँ महाधिवेशनमा सभापति पदकाे नतिजामा शेरबहादुर देउवाले बहमुत पुर्‍याउन नसकेपछि उनका निकटस्थ नेता बालकृष्ण खाण नेता प्रकाशमान सिंहलाई भेट्न चाकस्सीबारी पुगेका छन् ।

सभापतिका लागि पहिलाे चरणमा पाँचमध्ये कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि देउवा र शेखर काेइरालाबीच चुनाव हुने भएपछि गृहमन्त्रीसमेत रहेका खाँण सिंहलाई भेट्न पुगेका हुन् । सिंह पनि सभापतिकाे दाैडमा थिए । तर, उनी पहिलाे चरणबाट बाहिरिएका छन् ।

खाँण देउवा प्यानलबाट उपसभापतिका उम्मेदवार हुन् । सभापतिबाहेक पदाधिकारीकाे मतगणना बाँकी रहेकाे छ ।

 

प्रकाशित मिति: मंगलबार, मंसिर २८, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार