सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अग्रता कायम गरेका छन् । राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका हुन् । प्रदेश २ र गण्डकीको मत गणना चलिरहेको छ । १३०६ मत गणना हुँदा देउवाले ६२६ मत पाएका छन् । अर्का उम्मेदवार शेखर कोइरालाले ४८२ मत पाएका छन् । प्रकाशमान सिंहले ११२, विमलेन्द्र निधिले ७८ र कल्यण गुरूङले ४ मत पाएका छन् । कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । ५१ प्रतिशत मत ल्याउन नसके धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।