जर्मन चान्सलरमा ओलाफ निर्वाचित हुने निश्चित

शुक्रबार, मंसिर १७, २०७८

बर्लिन, १७ मङ्सिर । जर्मनीको चान्सलरमा ओलाफ स्कोल्ज निर्वाचन हुने निश्चित भएको छ ।  वर्तमान अर्थमन्त्रीसमेत रहेका ओलाफ यही डिसेम्बर ८ मा चान्सलर बन्ने छन् ।    संसद् सचिवालयले बिहीबार जारी गरेको वक्तव्यमा आगामी डिसेम्बर ८ मा संसद्मा नयाँ चान्सलर चयनका लागि निर्वाचन हुने र एङ्गेला मर्केलको उत्तराधिकारी ओलाफ हुने सुनिश्चित भइसकेको उल्लेख गरिएको छ । 
अर्थमन्त्री ओलाफको पार्टी एसपीडीले गत हप्ता ग्रिन्स एण्ड लिबरल फ्री डेमोक्रेटस् (एफडीपी)सँग गठवन्धन गरेकाले उनी चान्सलर बन्ने सुनिश्चित जस्तै भएको हो । मर्केल नेतृत्वको पहिलो सरकारमा सन् २००७ देखि २००९ सम्म ओलाफ श्रममन्त्री बनेका थिए । त्यसपछि उनी सन् २०१५ मा भाइस चान्सलर तथा अर्थमन्त्री बनेका थिए ।  झन्डै १६ वर्ष निरन्तर जर्मनीको चान्सलर भएर मर्केलले बिदा लिन लागेकी हुन् । चान्सलर हुँदा उनी विश्वका चर्चित तथा शक्तिशाली नेताको सूचीमा पर्दै आएकी थिइन् ।– रासस/एएफपी
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार