पूर्ण खोप लगाएका विदेशी यात्रुलाई अमेरिका सीमा खुला 

सोमबार, कात्तिक २२, २०७८

न्युयोर्क, २२ कात्तिक
अमेरिकाले २० महिनापछि  विदेशी यात्रुलाई आफ्नो सीमा खुला गरेको छ । पूर्ण खोप  लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको हो । 
कोरोनाभाईरस बढेपछि सन् २०२० को मार्चमा विभिन्न ३० देशका विदेशी नागरिकलाई यात्रा प्रतिबन्ध लगाइएको थियो । त्यसअघि सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो ।

यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले आफ्ना परिवारका सदस्यसँग भेट गर्न पाएका थिएनन् । प्रतिबन्धसँगै अमेरिकाको पर्यटन क्षेत्रले पनि ठूलो मूल्य चुकाएको थियो । 

नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनु पर्नेछ । 

अमेरिकाले सात ओटा खोपलाई मान्यता दिएको छ ।- एजेन्सी

प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  ०७:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार