कोभिड खोपको विश्वव्यापी उपलब्धताबारे राष्ट्रसङ्घीय महासभामा बैठक हुने

बिहीबार, असोज ७, २०७८

सयुक्त राष्ट्रसङ्घ । सयुक्त राष्ट्रसङ्घले कोभिड–१९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा छलफल हुने भएको छ ।  हाल सयुक्त राष्ट्रसङ्घीय मुख्यालयमा जारी रहेको ७६औँ महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले सो कुरा बताएका हुन् ।  उनले भनेका छन्, ‘सयुक्त राष्ट्रसङ्घको जारी महासभामा एक बैठक कोभिडका विरुद्धको खोपका विषयमा नै बस्नेछ र यसले आगामी वर्ष सन् २०२२ मा विश्वका नागरिकलाई कोभिड विरुद्धको खोपको सर्वसुलभ उपलब्धताको विषयमा कुरा उठाउने छ ।’  उनले भने, ‘मैले यो एक बैठकको आह्वान गर्नेछु र यस मञ्चमा विश्वका नेताले नै आगामी वर्ष विश्वका सबै देशमा कोभिडको खोपको सर्वसुलभ उपलब्धताको विषयमा छलफल हुने र सो खोपको सुनिश्चितताको पनि कुरा हुनेछ ।’ यस बैठकमा आगामी दिनमा यस खोपको सर्वसुलभताका लागि विश्वका नेताको राजनीतिक प्रतिबद्धताका बारेमा खोजी हुनेछ उनले भनेकका छन् ।–सिन्हवा 
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार