कालिकोटको महावैका तत्कालीन गाउँपालिका उपाध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाहीसहित ९ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । डोजरले सडक खन्ने क्रममा भएको काम भन्दा बढी मूल्यांकन गरी ३८ लाख ७६ हजार २७० रूपैयाँ बढी भुक्तानी लिएको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । मुद्धा दायर हुनेमा महावै गाउँपालिकाका तत्कालीन गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक मनराज शाही, निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंह, इन्जिनियर रुद्र वली, सव इन्जिनियर हरिप्रसाद पाण्डे, वडा नम्बर २ का तत्कालिन वडाअध्यक्ष गौकला सिंह, उपभोक्ता समितिका अध्यक्ष अकल सुनार, कोषाध्यक्ष जमकला काफ्ले र सचिव दधि कामी तथा महावैं गाउँपालिकाका लेखापाल मलिम रावत रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार