गोदावरी–१० को स्वास्थ्य चौकीमा कीटजन्य रोगसम्बन्धी सरोकारवाला तथा स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया 

बिहीबार, वैशाख १३, २०८१

चापागाउँ (ललितपुर) । विश्व औलो दिवसको उपलक्ष्यमा जनस्वास्थ्य कार्यालय ललितपुरले गोदावरी नगरपालिका वडा नं. १० स्थित स्वास्थ्य चौकीमा कीटजन्य रोगसम्बन्धी सरोकारवाला तथा स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा ३० जना सहभागी भएका थिए । विश्व औलो दिवस २५ अप्रिल (वैशाख १३) मा मनाइने यो दिवसका लागि यस वर्षको नारा ‘औलोविरुद्धको  लडाईलाई तिब्रता दिऔं : समतामूलक पहुँचको सिर्जना गरौं’ तय गरिएको छ ।
प्रत्येक वर्ष २५ अप्रिलका दिन संसारभर विश्व औलो दिवस मनाउने गरिन्छ । सन् २०२५ सम्ममा नेपाललाई औलो मुक्त बनाउने परिकल्पना गरिएको छ । त्यसका लागि ‘औलो रोगलाई शुन्यमा झारौ सरसफाईलाई तिब्रता दिऔं’ नारा कार्यान्वयनमा जोड दिइएको छ ।  

lbt-1714055611.jpg

औलो रोग (मलेरिया) आँखाले देख्न नसकिने शुक्ष्म परजीविद्धारा लाग्दछ । यो रोग पोथी जातको एनोफिलिज लामखुट्टेको टोकाईबाट सर्दछ । औलोको परिजीवीहरू औलो लागेको मानिसको रगतमा पाइन्छ । त्यस्तो मानिसलाई टोकेको लामखुट्टेले निरोगी मानिसलाई टोक्दा औलो सर्दछ ।  वर्षात्को समयमा औलो सर्ने जोखिम उच्च हुन्छ । लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोग लाग्न नदिने प्रमुख रोकथामको उपाय हो । औलोको निदान र उपचार चाँडै गर्न सके अरुलाई औलो रोग सर्नबाट जोगाउन सकिन्छ । साथै समयमै प्रभावकारी औषधिको प्रयोग गर्नाले औलोको बिरामीहरूलाई सिकिस्त हुन तथा मृत्यु हुनबाट जोगाउन सकिने स्वास्थकर्मीको भनाई रहेको छ । औलो चार प्रकारका परजीवीले मानिसमा सर्दछन् । 
औलोको लक्षणहरूमा ज्वरो आउनु (खास समय), पसिना आउने र ज्वरो फेरी सामान्य अवस्था हुनु यसको प्रमुख लक्षणहरू हुन् । यस्तै टाउको दुख्नु, शरीरका भित्री अङग सुन्निनु, जोर्नी दुख्नु, शरीरमा रगतको मात्रा कम हुनु, थकित महसुस हुनु, जाडो हुने र काप्ने हनु पनि यसका लक्षणहरू हुन् ।  

viber_image_2024-04-25_19-13-42-425-1714055620.jpg
औलो रोगको शंका लागेमा रगत परीक्षण गरी भए–नभएको पत्ता लगाउन सकिन्छ । नेपाल सरकारका मातहतका सम्पूर्ण स्वास्थ्य संस्थामा औलोको परीक्षण तथा उपचार निःशुल्क उपलव्ध छ । अफ्रिकी मुलुकका देशहरू तथा भारतका औलो ग्रस्ता सहरबाट आउनेहरूमा औलो रोग लाग्ने उच्च संभावना भएकाले उनीहरूको समयमै अनिवार्य औलो जाँच गराउनु पर्नेमा स्वास्थ्यकर्मीहरूको जोड रहेको छ । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु आवश्यक रहेको छ 
पोथी जातको लामखुट्टेले जुनसुकै बेला टोक्न सक्ने भएकाले यसको बासस्थान नष्ट गर्नु नै रोगथामको उपयुक्त विकल्प हो । यो लामखुट्टे पानी जमेको खाल्डा खुल्डीहरूमा बस्छ र यहीबाट फैलिन्छ । सर्च एण्ड डिष्ट्रोयबाट खाल्डाहरु पर्ने र लामखुट्टेको बासास्थान नष्ट गर्ने सब भन्दा राम्रो उपाय हो ।  आरडिटी किटबाट जाँच तथा रोक थाम गर्न सकिन्छ । 

viber_image_2024-04-25_19-12-00-276-1714055611.jpg

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जनस्वास्थ्य कार्यालय ललितपुरको आयोजनामा भएको उक्त कार्यक्रममा डा.कृति गोपाल डंगोलले सहभागीसँग अन्तरक्रिया तथा प्रशिक्षण दिनु भएको थियो ।  कार्यक्रमका सभापति तथा गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले औलो रोकथाम  गर्न आफ्नो घर वरिपरि सरसफाई प्रवर्द्धन कार्यक्रम सञ्चाल गर्न आह्वान गर्नुभयो । गोदावरी नगरपालिकाबाट निःशुल्क जाँच र ऊपचार गराइने जानकारी दिँदै सन् २०२५ सम्ममा औलो रोग लाई शुन्यमा झार्न  सवै वडाहरूमा सर्च एण्ड डिष्ट्रोइ अभियान सञ्चालन गरिने बताउनुभयो । 

viber_image_2024-04-25_19-12-01-662-1714055613.jpg

अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले औलो रोग निर्मल पार्न गरिने अभियानहरूलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन मलेरिया अधिकृत इन्दिरा भण्डारीले कार्यक्रमको लागि तुरुन्तै आरडिटी किट र यसको उपचारका लागि औषधिहरू नगरपालिकालाई उपलब्ध गराउने प्रतिवद्धता गर्नुभयो । अन्तरिक्रिया कार्यक्रम अघि ¥याली पनि निकालिएको थियो । 

viber_image_2024-04-25_19-12-00-895-1714055612.jpg
 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार