पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

बिहीबार, वैशाख १३, २०८१

वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुँदा सेवाग्रहीहरु मर्कामा परेका छन् । नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्थाहरुमा ९८ किसिमका औषधि खरिद गरी नि:शुल्क बितरण गर्ने रहेपनि अहिले धोबिनी गाउँपालिकाको वडा नं. ४ लंगडी स्वास्थ्य संस्थालगायतमा औषधि नरहेको कारण सेवाग्रहीहरु रितो हाथ फर्कन बाध्य छन् । नेपाल सरकारले स्थानीय तहमा पठाउने गरेकोमा सरकारले दरबार आफैं राख्यो गाउँ गाउँलाइ सिंहदरबार बनाएर भ्रस्टाचारको अखडा खडा गरेको छ। स्वास्थ्य संस्थाहरुका लागि गाउँपालिकाबाट औषधि खरिदका लागि रकम छुटयाए पनि गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहान र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साहबीच कमिशनको भागभन्डा नमिलेको कारण औंषधि खरिद नभएको बुझिएको छ । स्वास्थ्य संस्थाहरुमा अहिलेसम्म बितेको आर्थिक वर्षमा खरिद गरिएको औषधिहरु रहेकोले यो आर्थिक वर्षमा कमिशनमा भागभण्डा नमिलेको कारण यो आर्थिक वर्षमा औंषधि खरिद नभएको देखिएको छ। यो आर्थिक वर्षको अन्तिम चरण सम्म औषधि खरिद नभएको कारण कागजमा नै औषधिको बिल बनाएर खाने अध्यक्ष र कार्यालय प्रमुखको नियत रहेको देखिएको छ । स्वास्थ्य संस्थाहरुमा ५ महिना देखि औंषधी नरहेकोले स्वास्थ्य संस्था हरुमा आउने बिरामीहरुले बिना औंषधी फर्केर जाने गरेको हो। नेपाल सरकारले ९८ किसिमका औंषधी तोकिए पनि भ्याक्सिन , बर्थिंग सेन्टर बाहेक औंषधी अरु कुनै औंषधी नरहेको र अतिनै गर्मीको समयमा ग्यासको समेत औंषधी नरहेको लंगडी स्वास्थ्य संस्था का प्रमुख मन्नु पटेलले जनाए । स्वास्थ्य संस्था प्रमुख पटेल संग कुरा गर्दा केही महिना देखि औंषधी सिधेके हो मईले लिखित कति चोटि औंषधी मांग गरेपनी अहिले सम्म कुनै सुनुवाइ भएको छैन । अहिले गर्मी याममा बिरामी हरुको चाप बढेपनी रुगाखोकी जरो, दिसापखाला,ग्यास,घाउ , जिवनजल ,लगायत औंषधीको अभावका कारण बिरामी हरु रितो हाथ फर्कन बाध्य भएको बताए । स्वास्थ्य संस्थाहरुमा औंषधी अभाव भएको समबन्धमा गाउँपालिका स्वास्थ्य संयोजक संजय यादव संग कुरा गर्दा स्वास्थ्य संस्था हरु बाट औंषधी मांगको बारेमा गाउँपालिक लाई जानकारी गराएपनि अहिले सम्म औंषधी खरिद नभएको बताए ।स्टोरमा रहेको केही औंषधीहरु मात्र बितरण गरिएको बताए ।अहिले सम्म औंषधी खरिद नभएको कारण समस्या भएको छ। औंषधीको बारेमा प्रमुख प्रसाशकिय अधिकृत प्रमोद साह संग फोन मार्फत सम्पर्क गर्न खोजदा फोन उठन सकेन ।

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार