पर्यटन प्रवद्र्धनका लागि साइकलयात्रीको टोली दमौलीमा

बिहीबार, असोज ७, २०७८

दमौली । कोरोनाका कारण थला परेको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउन सुरु गरिएको साइकल यात्राको टोली दमौली आइपुगेको छ । विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वमा साइकलयात्रीको टोली दमौली आइपुगेको हो । इलामको अन्तुदेखि सुरु भएको साइकलयात्रीको टोली मुगुको रारासम्म पुग्नेछ । यो यात्राले पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको शाहले बताए । टोलीमा दमौलीका युवा विनोद सापकोटा पनि सहभागी छन्। कोरोनाले थलिएको पर्यटन क्षेत्रको प्रचारप्रसारमा आफूहरू लागेको उनले बताए । साइकलयात्रीको टोली २८ जिल्ला हुँदै चार सातामा रारा पुग्नेछ । यात्रामा साइकलयात्रा गरिसकेका र नयाँ गरी ५० जनाको टोली छ । साइकलयात्राले एक हजार ८०० किलोमिटर दूरी पार गर्नेछ ।  ‘सम्बन्ध जोडौँ देश घुमौँ’ भन्ने नारासहित हिँडेको टोलीलाई व्यास नगरपालिकाले स्वागत गरेको छ । साइकलयात्रीलाई स्वागत गर्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले व्यासभूमिको प्रचारका लागि साइकलयात्रीले सहयोग गर्र्नुपर्ने बताए । नगरप्रमुख न्यौपानेले व्यासको जन्मभूमि दमौलीका बारेमा देशका अन्यत्र जिल्लामा पनि प्रचार गर्न साइकलयात्रीलाई आग्रह गरे ।

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १३:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार