विश्व शान्ति दिवस आज मनाइँदै

सोमबार, असोज ५, २०८३

काठमाडौं । आज विभिन्न कार्यक्रम आयोजना गरी विश्व शान्ति दिवस मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा सेप्टेम्बर २१ लाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै आएको छ । नेपालमा पनि शान्ति, सद्भाव र अहिंसाको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरिन्छ ।  यसैबीच, सेप्टेम्बर २१ लाई विश्व अल्जाइमर्स दिवसका रूपमा पनि मनाइन्छ। अल्जाइमर्स रोगसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विश्वभर विभिन्न कार्यक्रम आयोजना गरि यो दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ११:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार