बङ्गलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो

आइतबार, असोज ३, २०७८

ढाका । बङ्गलादेशमा चीनमा निर्मित कोरोनाविरुद्धको थप ५० लाख खोप लगिएको छ । सो खोप शनिबार बगलादेश पुगेको बताइएको छ । चिनियाँ कम्पनी सिनोफार्मद्वारा निर्माण गरिएको सो खोप चीनको सहयोगमा बङ्गलादेश पुगेको बताइएको हो । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका प्रवक्ता मैदुल इस्लाम प्रोधानले सो कुराको जानकारी दिए । प्रवक्ता मैदुलले भने, “शनिबार बङ्गलादेशको राष्ट्रिय एयरलाइन्स् विमान बङ्गलाबाट अपरान्ह २ बजे ५० लाख डोज खोप बङ्गलादेश आइपुगेको छ ।”  
चीन सरकारसँग भएको महामारी विरुद्धको लडाइँमा सहयोगस्वरुप बङ्गलादेशले सो खोप प्राप्त गरेको हो । चीन सरकारले बङ्गलादेशलाई यसअघि पनि खोप सहयोग गरेको थियो । बङ्गलादेशको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म बङ्गलादेशले चीनबाट करिब दुई करोड ५० खोप सहयोग गरेको छ । यो सबै चीनले अनुदान स्वरुप बङ्गलादेशलाई उपलब्ध गराएको खोप भएको पनि बताइएको छ ।–सिन्ह्वा   

 

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार