२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही

सोमबार, भदौ २९, २०८३

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९९९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ८९, रातोबत्तीमा ९० जना चालकलाई कारबाही गरिएको छ ।  यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा ३४, लेन क्रसमा २३, अवस्था ठिक नभएको ३१, एकतर्फीमा २२ र अन्यमा ४९६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १५:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार