यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

सोमबार, भदौ २२, २०८३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ०३ पैसा र बिक्रीदर २०४ रुपैयाँ ८४ पैसा कायम गरिएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  ११:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार