राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
शिक्षा
विद्यार्थीका लागि जेलभन्दा कठोर घरबास, डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा
विद्यार्थीका लागि जेलभन्दा कठोर घरबास, डेढ वर्षपछि विद्यालय जान पाउँदा छैन खुसीको सीमा
दैलेखका विद्यालय खुले
जितेन्द्र थापा
शनिबार, असोज २, २०७८
शनिबार, असोज २, २०७८
दैलेख : नारायण नगरपालिका ८ दैलेखकी पार्वती सोनी सरस्वती माध्यामिक विद्यालय दैलेखमा अध्यनरत छिन् । कोरोनाका कारण सरकारले निषेधाज्ञा गरेपश्चात् उनलाई घरमा बस्दा दिक्क लाग्थ्यो । न त पढ्न मन लाग्थ्यो । न अरु कुनै काम गर्न । मन अशान्त हुने, निन्द्रा गड्बडीलगायत धेरै समस्या हुन्थ्यो ।
कोरोना संक्रमण दर कम भएसँगै विद्यालय जान पाउँदा उनी अहिले खुसी छिन् । पहिले घरबाट बाहिर निस्किन नपाउँदा र विद्यालय जान नपाउँदा मनमा अनेक थरिका कुरा खेल्ने गरेको सोनी बताउँछिन् । ‘विद्यालय जान नपाउँदा मन आतिन्थ्यो । कहिले विद्यालय खुल्ला भनेर । तर, अहिले विद्यालय जान पाउँदा निकै खुसी छु ।’
त्यस्तै पञ्चकोशी माध्यामिक विद्यालय दुल्लुमा अध्यनरत निलिमा शाहीको पनि विद्यालय जान पाउँदा खुसीको सीमा नै छैन । निषेधाज्ञाका कारण बाहिर निस्किन नपाउँदा कुनै कारागारमा बसेजस्तै लाग्ने गर्थ्यो उनलाई । तर, विद्यालय खुल्दा खुसीले गद्गद् छिन् । 'घरमा हुँदा आफूले पढेको नबुझ्ने र मानसिक तनाव हुने गर्थ्यो,’ निलिमाले भनिन्, ‘अहिले विद्यालयमा आएर साथीहरुसँग बसेर पढ्न पाउँदा, नजानेको कुरा गुरुहरुसँग सोध्न पाउँदा उत्साहित छु ।’
अहिले स्कुलमा आएर पढ्दा पिँजडाबाट निस्केजस्तो भएको उनको अनुभूति छ । 'घरमा एक्लै पढ्दा अल्छी लाग्ने, नबुझिने हुन्थ्यो । विद्यालय आउँदा निकै सहज भएको छ । यहाँ साथीहरुसँग छलफल गर्न पाइन्छ । नजानेको कुरा सर म्याडमसँग सोध्न पाइन्छ,' उनले भनिन् ।
गत वैशाखबाट दोस्रो लहरको कोरोना महामारी बढेसँगै मुलुकभरी नै निषेधाज्ञा गरिएको थियो । सरकारले यसअघि नै बन्दाबन्दी खुकुलो पारे पनि विद्यालय सञ्चालनको अनुमति भने दिएको थिएन । विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले मोबाइल गेम खेल्ने, खेतबारीमा, बस्तुभाउ चराउन जंगलतिर जानेजस्तो गैर सिकाइमूलक कार्यमा समय व्यतित गरेका थिए ।
विद्यार्थीको सिकाइमा असर पर्न नदिनका लागि इन्टरनेटको पहुँचमा रहेका क्षेत्रमा भर्चुअल (अनलाइन) विधिबाट पठनपाठन गराइएको थियो । तर, सो सुविधाबाट वञ्चित ग्रामीण क्षेत्रका विद्यार्थी खेल्नमै तल्लीन थिए । धेरैजसो विद्यार्थीहरु विद्यालयमा नै आउन खोजेको अवस्थामा अहिले आउन पाउँदा निकै उत्साहित देखिएका हुन् ।
अभिभावकहरुमा पनि विद्यार्थीलाई जतिसक्दो चाँडो विद्यालय पठाउन पाए हुन्थ्यो भन्ने मनसाय रहेको श्रीकृष्ण माध्यामिक विद्यालय ठाटीकाँधका शिक्षक सुरेन्द्र थापा बताउँछन् । 'अभिभावक छोराछारीको पढाई प्रभावित हुँदा निकै चिन्तित थिए,’ थापाले भने, ‘अभिभावकले आफ्ना छोराछोरीलाई अहिले विद्यालय पठाउन पाउँदा निकै उतसाहित देखिन्छन् । लामो समय घरमा बसेर दिक्क भएका विद्यार्थीहरु पनि पहिलेभन्दा अहिले उल्लेख्य रुपमा दिनहरु नछुटाएर आएको देखिन्छन् ।’
लामो समयपछि विद्यालयमा आउन पाउँदा शिक्षकहरु पनि उत्तिकै उत्साहित भएको सरस्वती माध्यामिक विद्यालय दैलेखका प्रधानाध्यापक जीवराज तिमल्सिना बताउँछन् । 'पहिले घरमा बस्दा बस्दा दिक्क लाग्ने, भएको ज्ञान पनि विद्यार्थीहरुमाझ सेयर गर्न नमिल्ने,’ उनले भने, ‘अहिले स्वास्थ्य मापदण्ड पालना गरि विद्यालय पनि सञ्चालन छ, हामीहरु पनि खुसी छौं।’
११ वटा स्थानीय तह रहेको पालिकामा ८ वटा पालिकाले २७ भदौदेखि विद्यालय सञ्चालन गरिसकेका छन् । अन्य ३ वटा पालिकाले पनि स्वास्थ्यका मापदण्ड पालना गर्दै १ असोजदेखि सञ्चालन गरेका छन् ।
जिल्लाभर ४८१ सामुदायिक र ५७ वटा निजी विद्यालय रहेको दैलेखमा १ लाख विद्यार्थी अध्यनरत छन् । संक्रमण दर कायमै रहेकाले स्वास्थ्य सेवा कार्यालय पनि चनाखो रहेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख थीरप्रसाद रेग्मीले बताए । उनकाअनुसार संक्रमण दर कायमै रहेकाले प्रत्येक पालिकामा किटहरु पठाइसकिएको र संक्रमण दर उच्च भइहालेमा नि:शुल्क पीसीआर ल्याब तयारी अवस्थामा रहेको छ ।
विद्यार्थीसँगै अभिभावक उत्साहित
कोरोना भाइरस कोभिड १९ ले डेढ वर्षसम्म छात्रछात्राहरु विद्यालय जान पाएनन् । कोरोनाका कारण विद्यालय जानुको साटो घरमा नै गैर सिकाइमूलक कार्यमा समय विताउनु पर्यो । छोराछोरी घरमा बस्दा उनीहरुलाई मात्र दिक्क होइन अभिभावक पनि दिक्क थिए ।
संक्रमण दर कहिले कम भएर विद्यालय पठाउन पाइएला भन्ने चिन्तामा आफूहरु रहेको कालिकोटका एक अभिभावक पुष्प ढकाल बताउँछन् । 'विद्यालय बन्द भएपछि छोराछोरी घरमा बस्दा उनीहरुको भविष्य बिग्रने चिन्ताले रातदिन पिरोल्ने गर्थ्यो,’ उनले भने, ‘अहिले संक्रमण दर घटेर विद्यालय सञ्चालन भएपछि ढुक्क भएको छ ।’
कोरोना संक्रमण दर घटेर सामान्य भएर विद्यालय खुले पनि पुनः जोखिम हुने हो कि भन्ने चिन्ता सुर्खेत वीरेन्द्रनगरका अभिभावक रमेश बाठामगरको छ । 'विद्यालय सञ्चालनपछि जोखिम उस्तै हुने पो होकि भन्ने चिन्ता छ,’ उनले भने ।
लामो समयपछि आफ्ना छोराछोरी विद्यालय पठाउन पाउँदा हर्षित भएको दैलेख ठाटीकाँध गाउँपालिका-२ का हस्त थापा बताउँछन् । 'छोराछोरीलाई लामो समयसम्म घरमै बस्दा उनीहरुको पढाइ प्रभावित हुने चिन्ता थियो,’ उनले भने, ‘विद्यालय सञ्चालनमा आएसँगै विद्यालय पठाउन पाउँदा खुसी छौं।’
दैलेखका प्रत्येक स्थानीय तहलाई स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको लागि अनुमति दिइसकिएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले बताए । 'केही स्थानीय तहमा विद्यालय सञ्चालन भएर पठनपाठन सुरु गरिसकेको र केही सञ्चालन हुने क्रममा छन्,’ उनले भने, 'स्वास्थ्य मापदण्ड पूरा गरेर अरु पनि सञ्चालन हुन्छन् ।’
'स्थानीय तहले स्मार्ट लकडाउनको अवधारणा मानेर स्वास्थ्यका मापदण्ड पालना गर्ने भनिएको छ, यदि त्यसो नगरिएको खण्डमा सम्पूर्ण जिम्मेवारी स्थानीय तहको हुन्छ,' प्याकुरेलले भने ।
दश वटा जिल्ला रहेको कर्णालीका ७९ वटा स्थानीय तहमा अधिकांश विद्यालय स्वास्थ्य मापदण्ड पालना गरेर पूर्ण रुपमा सञ्चालनमा आइसकेको अन्य विद्यालय स्वास्थ्य मापदण्ड पूरा गरेर सञ्चालनमा आउने प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८
०७:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान
नंः २
दाँतलाई स्वस्थ राख्न पृथक कार्यक्रम सहित विद्यालय पुग्यो गोदावरी नगर
नंः ३
ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन विकास नायकबाट सम्मानित
नंः ४
गगन–विश्वप्रकाशद्वारा कांग्रेसको नियमित महाधिवेशन स्थगन, विशेष महाधिवेशन आह्वान
नंः ५
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
हामी चुनावको पक्षमा छौं तर महाविध्वंशकारीहरु खुलेआम हिडिरहेका छन् : झलनाथ खनाल
शनिबार, पुस १९, २०८२
दलतन्त्रको विकल्प, नागरिक सर्वोच्चता र भविष्यमुखी राजनीति हो : डम्बर खतिवडा
शुक्रबार, पुस ११, २०८२
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक थापा
शुक्रबार, मंसिर २६, २०८२
बच्चाबाट बृद्धासम्म दन्त हाइजिन महत्त्वपूर्ण : दन्त विशेषज्ञ तिवारी
मंगलबार, मंसिर २३, २०८२
नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ : निरन्जन कुँवर
सोमबार, मंसिर ८, २०८२
विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो : डा.खगेन्द्रराज ढकाल
शनिबार, मंसिर ६, २०८२
जीवनशैली
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो
बिहीबार, कात्तिक २७, २०८२
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
शिक्षा
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान
बिहीबार, पुस १७, २०८२
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
बुधबार, पुस १६, २०८२
ललितपुर महानगर वडा ३ भित्रका विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता
आइतबार, पुस ६, २०८२
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
दीप नेपालले बाँढ्यो ठोरीका स्कुले बालबालिकालाई न्यानो पोसाक
शुक्रबार, कात्तिक २८, २०८२
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ
शुक्रबार, कात्तिक २१, २०८२
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
समाचार
सिरहामा इजाजत बिना सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई ७ दिनभित्र कागजात पेश गर्न प्रशासनको निर्देशन
बुधबार, पुस २३, २०८२
सामाजिक सद्भाव कायम राख्न गृहद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १० बुँदे सर्कुलर जारी
बुधबार, पुस २३, २०८२
सर्वदलीय बैठकमा सहमति भएसँगै वीरगन्जमा ‘कर्फ्यु’ हटाइयो
मंगलबार, पुस २२, २०८२
विदेश होइन, भविष्य यहीँ छ, नेपालमै सम्भावना देख्ने एक युवाको कथा
मंगलबार, पुस २२, २०८२
वीरगञ्जमा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय सहमति, अनुमति बिना प्रदर्शन गर्न नपाइने
मंगलबार, पुस २२, २०८२
थप समाचार
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई नगद पुरस्कारसहित सम्मान
शनिबार, असोज २, २०७८
गोदावरी नगरले गर्यो विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान
शनिबार, असोज २, २०७८
ललितपुर महानगर वडा ३ भित्रका विद्यालयबीच हाजिरी जवाफ प्रतियोगिता
शनिबार, असोज २, २०७८
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
शनिबार, असोज २, २०७८
Subscribe Newsletter
×