सोसल मिडिया
Contact Us
युनिकोड
सत्तारुढ र प्रतिपक्षबीच के सहमति भयो ? एमाले सरकारले अघि सारेका विकास निर्माणका आयोजना अहिलेको सरकारले रोकेको भन्दै सदन अवरुद्ध हुँदै आएको थियो ।
गण्डकीमा पहिलो पटक प्रतिपक्षी बनेको एमाले २७ सांसदसहित बलियो छ । चार पार्टी मिलेर बनेको सत्ता गठबन्धनलाई प्रतिपक्षी निकै भारी परेको छ । बैठकको अघिल्लो दिन सोमबार कार्यव्यवस्था परामर्श समितिले कार्यसूची तयार पारेको छ ।
अब बैठकमा प्रतिपक्षीले अवरोध नगर्ने सहमति भएको समितिका एक सदस्यले बताए । संसद खुलाउन आइतबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र पूर्वमुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङबीच वार्ता भएको थियो ।
सरकार छोड्ने बेलामा एमालेले स्राेतको सुनिश्चितता बिना १४ वटा आयोजनामा पाँच अर्बभन्दा बढीको टेण्डर गरेको आरोप सरकारका प्रवक्ता कुमार खड्काले पत्रकार सम्मेलनमा लगाएका थिए ।
अहिले सबै आयोजना पुनः कार्यान्वयनमा लैजाने सहमति अनुसार मन्त्रिपरिषदबाट निर्णय पनि भइसकेको छ । चालू वर्षमा मोबिलाइजेसन रकम दिएर योजनाको काम अघि बढाउने निर्णय भएको खड्काले बताए ।