बन्ने भयो २ दुई सय वर्ष पुरानो समय् फल्चा पाटी 

बिहीबार, भदौ २४, २०७८

ललितपुर। दुई सय वर्षभन्दा पुरानो पुल्चोकस्थित समय् फल्चा पाटी पुनर्निर्माण हुने भएको छ । 
ललितपुर महानगरले उक्त फल्चा पुनर्निर्माण गर्न लागेको हो । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले बिहीबार उक्त फल्चाको शिलान्यास गरे । नगरप्रमुख महर्जनले भने,‘जिल्ला अदालतले भदौ २२ गते अन्तरकालीन आदेशलाई खारेज ग¥यो, त्यसपछि हामीले आज पाटी शिलान्यास गरेका हौं ।’  जिल्ला अदालतले भदौ २ गते पाटी निर्माणको काम अघि नबढाउनु भन्दै अन्तरकालीन आदेश जारी गरेको थियो । अदालतको उक्त आदेशपछि भदौ ३का लागि तय गरिएको शिलान्यास कार्यक्रम महानगरले स्थगित गरेको थियो । नगरप्रमुख महर्जनले भने, ‘ अदालतको आदेशलाई सम्मान गर्न तय गरिसकेको शिलान्यास कार्यक्रम स्थगित गरेका थियौं । ’ सर्वाेच्च अदालत र जिल्ला प्रशासन कार्यलय ललितपुरले पाटी पुनर्निर्माणलाई नरोक्नु भन्ने आशय सहितको आदेश प्राप्त भइसकेको अवस्थामा जिल्ला अदालतले भदौ २ गते अन्तरकालिन आदेश जारी गरेको थियो । ललितपुर महानगरपालिको नगरसभाले उक्त पाटी पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७७ २०७८मा बजेट विनियोजन गरी सम्पदा संरक्षको काम अघि बढाउने निर्णय गरेको थियो ।
लालिगुराँस सहकारीका कर्मचारीले समेत निवेदक भई पाटी पुनर्निर्माण रोक्का गरी पाउँ भनि निवेदन दर्ता गरेका थिए । महानगरको कुपण्डोल जावलाखेल सडक खण्डको पुल्चोकस्थित किं.नं.३२७मा उक्त पाटी रहेको छ । पाटी निर्माण गर्दा फुटपाथ अतिक्रमण हुने लगायतका भ्रम सिर्जना गरिएकोमा असन्तुष्टि जनाउँदै नगरप्रमुख महर्जनले भने, अतिरंजित तरिकाले, जालझेल गरेर पुनर्निर्माण हुने पाटीले फुटपाथ अतिक्रमण हुन्छ भन्ने सुन्दा दुःख लागेको छ,अहिले भइरहेको दुईवटा पाटीभन्दा एक इन्च पनि अब बन्ने पाटी बाहिर जाँदैन भन्ने जग जाहेर छ , घाम जत्तिकै छर्लङ्ग छ । तर पनि व्यक्तिगत स्वार्थका लागि पाटी निर्माणको विरोध गरिएको हो’ पाटी निर्माण तीन महिनाभित्र उपभोक्ता समिति मार्फत सम्पन्न गरिनेछ । । उक्त पाटी निर्माणका लागि ३० लाख विनियोजन गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार