ललितपुर महानगरले साउन ४ र ५ गते जोन्सन एण्ड जोन्सन खोप लगाउने

अपाङ्गता भएका र ५० देखि ५४ वर्षलाई प्राथमिकता
आइतबार, साउन ३, २०७८

ललितपुर। ललितपुर महानगरपालिकाले साउन ४ र ५ गते ५०देखि ५४ वर्ष उमेर समूहका र सबै उमेरका क र ख वर्गमा पर्ने अपागंता भएका व्यक्तिलाई कोभिड विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने भएको छ । 
ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्धारा जारी सूचनामा महानगरका प्रत्येक वडामा खोप केन्द्र संचालन गर्ने उल्लेख छ । महानगरका २९वटै वडामा समन्वय भइरहेको महानगरका प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिए । ¥यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहेका अर्यालले भने, ‘ सबै खोपकेन्द्रलाई  सकेसम्म अपागंतामैत्री बनाउने प्रयास गरेका छौं । ’ खोप कार्यक्रम  बिहान १०देखि ४ बजेसम्म संचालन हुनेछ । खोप लगाउन जाँदा उमेर खुल्ने परिचयपत्र र अपागंता भएका व्यक्तिले अपागंता कार्ड लिएर जानुपर्नेछ ।  यो खोप एक मात्रामात्रै पर्याप्त हुने विज्ञहरुले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  १९:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार