सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको खोज तथा उद्धार गर्न सहज बन्दै गएको छ । एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम सकेसँगै टनेलभित्र फसेकाहरूको खोजीका उद्धार गर्न सहज भएको हो । टनेलभित्र फसेकाहरूको खोजीका लागि शनिबार बिहानैदेखि एक्स्काभेटर प्रयोग गरेर भग्नावशेष तथा लेदो पन्छाउने काम भइरहेको छ । इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली अहिले टनेलभित्र प्रवेश गरेर उद्धारलाई निरन्तरता दिएको छ । बाढीले थुपारेको बाक्लो लेदो, ढुंगामुढा र कंक्रिट हटाउँदै उद्धार टोलीले टनेलतर्फ जाने बाटो खुलाएसँग उद्धारमा सहज बनेको छ । टनेलभित्र फसेका श्रमिक तथा अन्य व्यक्तिहरूको अवस्था पत्ता लगाउन र सुरक्षित उद्धार गर्न टोलीले लगातार भग्नावशेष पन्छाइरहेको छ ।