ललितपुर महानगरपालिकाको पाँच अर्ब ५५ करोड ५५ लाख बजेट पारित 

वडाहरुलाई तीन वर्गमा विभाजन गरी बजेट विनियोजन
शनिबार, साउन २, २०७८

ललितपुर । ललितपुर महानगरपालिकाको छैठौं नगरसभाले आर्थिक वर्ष २०७८÷२०७९को लागि पाँच अर्ब ५५ करोड ५५ लाखको बजेट पारित गरेको छ । चालु खर्च अन्तर्गत ९१ करोड ६१ लाख ५७ हजार, पुँजीगत खर्चतर्फ तीन अर्ब २४ करोड ३० लाख छुट्याइएको छ । 
आर्थिक वर्ष २०७८(२०७९ का लागि ललितपुर महानगरपालिकाले वडाहरुलाई तीन वर्गमा विभाजन गरी बजेट विनियोजन गरेको छ । जसअन्तर्गत वडा नं १, ६, ७, ८, १०, ११ तथा १९ लाई प्रतिवडा दुई करोड १५ लाख छुट्याएको छ । वडा नं २, ३, ४, ५, ९, १३, १४, १५ तथा १७ लाई प्रतिवडा दुई करोड पचास लाख विनियोजन गरेको छ ।  महानगरका अन्य वडाहरु  १२, १६, १८, २०, २१, २२, २३, २४, २५, २६, २७, २८ तथा २९ लाई वडै पिच्छे तीन करोड २५ लाख छुट्याएको छ । ललितपुर महानगरपालिकामा २९ वडा वडाहरु छन् । महानगरप्रमुख चिरीबाबु महर्जनले महानगर हुनेक्रममा गाँभिएका वडामा गर्नुपर्ने काम धेरै भएकाले बजेट धेरै छुट्याएको बताए । 
महानगरले महानगरीय योजनाअन्तर्गत महानगरको वडा नं ११ स्थित विद्युतीय शवदाहगृह निर्माण गर्न एक करोड विनियोजन गरेको छ । गत आर्थिक वर्षमा नै महानगरले शंखमुलमा जग्गा अघिग्रहण गरी खरिद गरिसकेको छ । शवदाह गर्ने यन्त्र सहयोग स्वरुप प्राप्त हुने महानगरले जनाएको छ ।  सप्तपातल पोखरी, राजदलगण परिसरमा रहेको दुईवटा पोखरी निर्माणका लागि महानगलरे ५ करोड छुट्याएको छ । ललितपुर महानगरको वडा नं २४ मा निर्माण गर्ने भनिएको आयुर्वेदिक अस्पतालको निर्माण सुरु गरिनेछ । वडा नं २१ स्थित रुद्रायणी मन्दिर पुनर्निर्माण, वडा नं २७ स्थित कृष्णमन्दिर निर्माण, वडा नं १३ स्थित पञ्चेश्वर महादेव मन्दिर पुनर्निर्माणको काम आर्थिक वर्ष २०७८–२०७९ मा सुरु गरिनेछ ।  यसैगरी महानगरले डिपीआर सम्पन्न भइसकेका दुईवटा पुलको निर्माणको कामलाई बहुबर्षिय योजना अन्तर्गत राखेर यो यसै आर्थिक वर्षबाट काम थाल्नेछ ।   चक्रपथमा स्मार्ट सडकबत्ती जडानका लागि सात करोड रुपयाँ विनियोजन गरेको छ । सडक विभाग, नेपाल विद्युत प्राधिकरण र ललितपुर महानगरपालिकाबीच केही समयअघि समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । यसैगरी महानगरले कोभिड विशेष कार्यक्रम अन्तर्गत पाँच करोड रुपैयाँ छुट्याएको छ । 
 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार