शीत लेखनका नियमहरू

शनिबार, असार १९, २०७८

कविता विधा भित्र लघुतम उपविधाको रूपमा ' शीत ' काव्य लेखनको परिकल्पना गरिएको हो । 'कविता विधाको सबैभन्दा लघुतम उपविधा शीत हो ।" " चतुष्पदीय मुक्तकीय प्रभेदभित्रको लघुतम अष्टाक्षरीय काव्यनै शीत हो ।' शीत दुइगुणे चार बराबर आठ अर्थपूर्ण अक्षरमा लेखिन्छ । 

शीतलाई निम्न नियम /सिद्धान्त /सूत्र / प्रकारले लेख्न सकिन्छ ।

१. चारवटै अनुप्रास मिलेका शीत

२. पहिलो र दोस्रो अनुप्रास मिलेका शीत

३. पहिलो र तेस्रो अनुप्रास मिलेका शीत

४. पहिलो र चौथो अनुप्रास मिलेका शीत

५. दोस्रो र चौथो अनुप्रास मिलेको शीत

६. तेस्रो र चौथो अनुप्रास मिलेको शीत

७. दोस्रो र तेस्रो अनुप्रास मिलेको शीत

८. पहिलो दोस्रो र चौथो अनुप्रास मिलेको शीत

९. पहिलो तेस्रो र चौथो अनुप्रास मिलेको शीत

१०. पहिलो दोस्रो र तेस्रो अनुप्रास मिलेका शीत

११. दोस्रो तेस्रो र चौथो अनुप्रास मिलेको शीत

१२. पहिलो- दोस्रो र तेस्रो - चौथोको अलग अलग अनुप्रास मिलेको शीत

१३. पहिलो - तेस्रो र दोस्रो - चौथोको अलग अलग अनुप्रास मिलेको शीत

१४. छन्दमा लेखिएको शीत

शीत स्त्री (SS), मही (IS), मधु (॥) र सारू (SI )छन्दमा पनि लेख्न सकिन्छ 

१५. एकाक्षरी अनुप्रास मिलेको शीत

१६. अनुप्राश नमिलेका शीत

१७. अन्तिम शव्द दोहरिएको शीत 

१८. एकाक्षरी शव्द शीत

१९. प्रश्नोत्तरी शीत

२०. अन्ताक्षरी शीत

२१. दोहरी शीत 

२२. नाटकीय सम्वादात्मक शीत 

२३. .‍‍‍‍अरू पनि हुन सक्छन् । खोज्दै थप्दै लेख्दै जाऔं ।

( शीत लेख्न सजिलो छ । लेख्ने बित्तिकै शीत अभिधा ,लक्षणा वा व्यञ्जना शव्दशक्तिको अाफै भइदिन्छ । बिम्ब ,प्रतीक र रसमय अर्थपूर्ण शीत लेखौं ,अभ्यास गरौ ।)

  शीतका केही उदाहरणहरू

शीत

पर्‍यो 

मन

डर्‍यो ।१।

आज

ताज

खुल्यो

राज ।२।

रूदैं

आँसु

पिएँ

जिएँ ।३।

बडा

बाको

बाँडी

खाको ।४।

शीत

यात्री 

शुभ

रात्री ।५।

' नेपाली लघुकाव्यको श्रीवृद्धिमा नवीन योगदान गरौं !'

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार