उदयपुरका चार मतदान केन्द्रमा सुरक्षाकर्मीदेखि कर्मचारीसम्म सबै महिला

बिहीबार, वैशाख २९, २०७९

उदयपुर, २९ वैशाख । उदयपुरमा दुई सय ५८ मतदान केन्द्रमध्ये चार मतदान केन्द्र महिलाले मात्रै संचालन गर्न लागेका छन् । जिल्ला निर्वाचन कार्यलयका उदयपुरका अनुसार त्रियुगा नगरपालिकामा दुई र उदयपुरगढी गाउँपालिकामा दुई गरी चार वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै परिचालन गरिएकाे छ ।  जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले चार वटा मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी सबै महिला मात्र हुने व्यवस्था मिलाएको बताए । उदयपुरगढी गाउँपालिका–५ को पञ्चावती माध्यमिक विद्यालय र त्रियुगा नगरपालिका–९ को रातमाटे आधारभुत विद्यालयमा रहेको दुई मतदान केन्द्रमा महिला मात्र खटिएका छन् । 

जिल्ला निर्वाचन अधिकारी कोईरालाका अनुसार उदयपुरमा दुई लाख २३ हजार एक सय ३८ मतदाता छन् । जसमध्ये महिला एक लाख १० हजार दुई सय ५१ पुरुष र एक लाख १२ हजार आठ सय ८५ महिला छन् । यसैगरी तेश्रो लिङ्गी (अन्य) मतदाता पनि दुई जना रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख २९, २०७९  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार