सञ्जेलको समय - रेखामा आमोई उपन्यास सार्वजनिक 

शुक्रबार, चैत २५, २०७८

ललितपुर  चैत २५ ।  साहित्यकार गोपाल सञ्जेलद्घारा लिखित नवीनतम उपन्यास  समय - रेखामा आमोईको आज जनभावना क्याम्पसको हलमा एक समारोह गरी लोकार्पण गरिएको छ । सञ्जेलले  कविता  सङग्रह २ वटा  , गजल  सङग्रह १ वटा ,हाइक सङग्रह १ वटा ,निवन्ध सङग्रह ४ वटा , उपन्यास सङग्रह ३  गरी ११  वटा कृतिहरु  प्रकाशन गरी सकेका छन ।  उनको आज  लोकार्पण गरिएको कृतिमा इकुडोल गाउँको परिवेश तथा वास्तविक  घटनालाई समावेश गरी गाउँमा बोलिने भाषाको प्रयोग गरिएको छ । 

 सांसद नवराज सिल्वालले साहित्यकार जहिले पनि अमर रहने बताउँदै उनी आफु पनि साहित्यको अनुरागी भएको बताए । उनले  भने मेरो पनि ४ वटा कृति प्रकाशित छन् । उनले भने ललितपुर कला साहित्यको खानी भएको जिल्ला हो । यसको विकासमा आर्थिक सामाजिक सहयोग गर्छु उनले भने । सिल्वालले साहित्यकार सञ्जेल राजनैतिक , सामाजिक  व्यक्तित्व भए पनि उहाँलाई साहित्यकार भनेर नै समाजले चिनाएको प्रसंग जोड्दै अरु कृतिहरु पनि प्रकाशन गर्न आग्रह गरे । 


नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा देवि नेपालले नेपाली साहित्यले सबै मानिसलाई एकै सुत्रमा बाँध्ने प्रसंगलाई जोड्दै उनले  भने साहित्यकारलाई  कुन पार्टी हो भन्ने भन्दा पनि कुन  कृतिको लेखक हो भनेर चिनाउनु पर्ने बताए । उनले आफ्नो कार्यकालमा ललितपुरका साहित्य संस्थालाई सहयोग गर्ने अपेक्षा भएको बताए । गोरखापत्रका पूर्व सम्पादक श्री ओम श्रेष्ठले उपन्यास  एउटा काल खण्ड , ,प्रकृति, संस्कृति , परम्परा र कुनै घटनामा आधारित भएर लेखिने कुराको जोड दिदै  उनले भने वर्तमान समयमा पैसावाला व्यक्तिहरुले नामका लागि अरुलाई  नै लेख्न लगाउने प्रवृति बढेको बताए । 

शारदा स्कुलकी पूर्व शिक्षक सन्ध्या श्रेष्ठले ४२ सालमा इकुडोलमा पढाएको स्मरण गर्दै उनले आफ्नो वास्तविक विश्व विद्यालय माझखण्ड रहेको बताइन् । उनले भनिन् लेखकले आफ्नो आमाको हातबाट उपन्यास विमोचन गर्नु नयाँ विषय भएको बताइन् । 
गोदावरी साहित्य परिषद् ललितपुरका  अध्यक्ष वशिष्ठ अधिकारीले साहित्यको विकासमा स्थानीय तह गोदावरी  नगरपालिका तथा महाँकाल गाउँपालिकाले सहयोग गरेको बताउदै उनले नेपाली साहित्यको विकासमा स्थानीय तहको पनि उत्तिकै भूमिका रहने बताए । 

सुनगाभा साहित्य सदन , ललितपुरका अध्यक्ष रामसुन्दर केसीले साझा प्रकाशन , मदन पुरस्कार गुठी  र सत्यमोहन जोशी जस्ता व्यक्ति ललितपुरमा नै  रहेकाले ललितपुर जिल्ला ललित कलाको जिल्ला भएको बताए । उनले उपन्यासले काँठ क्षेत्र र गाउँलाई जोडेको छ उनले  भने ।

गोदावरी साहित्य परिषद् ललितपुरका  सचिव रत्न बिरही घिमिरेले लेखकको परिचय कविता मार्फत गराउदै उनले उपन्यासको पहिलो पाठक भएकाले उपन्यासले टुगुन खोलाका मानिसहरुको जीवनशैली र परिवेशलाई चित्रण गरेको बताए । 
वागमिता साहित्य परिषदका अध्यक्ष नवराज सञ्जेलले साहित्यकार गाविस अध्यक्ष हुदाँ आफुलाई पढाएको स्मरण गर्दै उनले साहित्यका गुरु उपन्यासकार नै भएको बताए । समारोहमा लेखकको कुतिको शोधपत्र तयार पार्ने व्यक्ति तथा समय -  रेखामा आमोईका डिजाइनरलाई सम्मान गरिएको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, चैत २५, २०७८  २२:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार