महाधिवेशनपछि एमालेले बोलायो पहिलो केन्द्रीय कमिटी बैठक

बुधबार, मंसिर २२, २०७८

काठमाडौँ, २२ मङ्सिर । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । १० औं महाधिवेशनपछि पहिलो पटक एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठक २५ र २६ मा भक्तपुरस्थित जर्मनहाउस हस्पिटालीटी गठ्ठाघरमा बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाकारी दिए।

बैठक विहान ११ बजे बस्ने छ । बैठकमा वाँकी रहेका केन्द्रीय सदस्यको सपथ ग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय सदस्यको मनोनय, पोलिटब्यूरो र स्थायी कमिटी गठन, केन्द्रीय सल्लाहकार परिषद गठन र नेताहरुको कार्यविभाजन लगायतका १५ एजेण्डा रहेका छन्। 

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्य

नेकपा (एमाले) को ३०१ सदस्यीय केन्द्रीय कमिटीमा १३७ जना (४६ प्रतिशत) नयाँ सदस्यको प्रवेश भएको छ । यही मङ्सिर १० देखि १४ गतेसम्म चितवनमा भएको दसौँ राष्ट्रिय महाधिवेशनमा निर्वाचन र सहमतिका माध्यमबाट नयाँ नेतृत्व चयन भएको थियो । केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरूले पनि प्रवेश पाएका छन् ।
एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार पुराना र नयाँ केन्द्रीय सदस्यको राम्रो सन्तुलन देखिएको विधानबमोजिम समावेशी अनुहार पनि कायम रहेको छ । एमालेले १० प्रतिशत (३१ जना) सम्म केन्द्रीय सदस्य मनोनयन गर्न सक्नेछ । यही मङ्सिर २५ र २६ गते काठमाडौँमा बस्ने केन्द्रीय कमिटीको दोस्रो बैठकले स्थायी कमिटी गठन, विभागीय जिम्मेवारी, मनोनयन, महाधिवेशनको समीक्षालगायत कार्यसूचीमा छलफल गर्नेछ । सोका लागि अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा, महासचिव शङ्कर पोखरेललगायतका नेताहरूले गृहकार्य गरिरहनुभएको जनाइएको छ । केन्द्रीय सदस्य नपरेको जिल्ला जुम्ला, पर्वत, सोलुखुम्बु र मनाङबाट पनि समावेश गर्ने गरी मनोनयन हुने जनाइएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २२, २०७८  १८:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार