अमेरिकाले शीतकालीन खेलकुदको ‘कूटनीतिक बहिष्कार’ गरे जवाफ दिने चीनकाे चेतावनी

मंगलबार, मंसिर २१, २०७८

बेइजिङ, २१ मङ्सिर । परराष्ट्र मन्त्रालयका प्रवक्ताले सोमबार बेइजिङ शीतकालीन ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ को प्रचार नगर्न संयुक्त राज्य अमेरिकालाई आग्रह गर्दै यदि अमेरिकाले त्यसो गर्न जिद्दी गरे चीनले प्रतिवाद गर्ने चेतावनी दिएको छ ।
प्रवक्ता झाओ लिजियानले दैनिक प्रेस ब्रिफिङमा तथाकथित ‘कूटनीतिक बहिष्कार’ घोषणा गर्ने  बाइडेन प्रशासनको योजनाको बारेमा सोध्दा उक्त टिप्पणी गरेका हुन् । “संयुक्त राज्य अमेरिकाले चीनको चिन्तालाई गम्भीरताका साथ लिनुपर्छ, खेलकुदलाई राजनीतिकरण गर्नबाट अलग रहनु पर्छ र महत्त्वपूर्ण क्षेत्रमा दुई देशबीचको वार्ता र सहयोगलाई असर पर्नबाट बच्न बेइजिङ शीतकालीन ओलम्पिकको तथाकथित ‘कूटनीतिक बहिष्कार’ को प्रचार गर्न बन्द गर्नुपर्छ” प्रवक्ता झाओले भने ।
शीतकालीन ओलम्पिक राजनीतिक मञ्च होइन भन्दै झाओले बेइजिङमा उपस्थित हुन आमन्त्रित नगरे पनि अमेरिकी राजनीतिज्ञहरूले ‘कूटनीतिक बहिष्कार’ को निरन्तर प्रचार गरेका छन् ।
“अस्ट्रेलियाले बेइजिङ शीतकालीन ओलम्पिकको ‘कूटनीतिक बहिष्कार’ को मुद्दालाई अस्ट्रेलियाले विचार गरिरहेको छ भनी अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको भनाइको जवाफमा संयुक्त राज्यले चीनको चिन्ता लिनुपर्छ, झाओले भने । यो विश्वभरका एथलिटहरू हुन् जो स्पटलाइटमा हुनुपर्छ । 
“बहिष्कारको नारा लगाउने राजनीतिज्ञहरूले आफ्नै राजनीतिक स्वार्थ पूरा गरिरहेका छन् । उनीहरू आए या नआए पनि कसैलाई वास्ता छैन र यसको सफलतापूर्वक आयोजना हुनबाट कुनै प्रभाव पर्दैन उनले भनेका छन् ।

राष्ट्रपतिले सर्वसाधारणलाई आग्रह गरे, 'चिनियाँ विशेषतासहितको समाजवादी कानुनको पालना गर्नुपर्छ' 

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले चिनियाँ विशेषतासहितको समाजवादी विधिको शासनको मार्गमा दृढतापूर्वक अडिग रहेको र त्यस्तो समाजको विकासलाई अगाडि बढाउने कुरामा जोड दिएका छन् । 
राष्ट्रपति सीले सोमबार चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको सामूहिक अध्ययन सत्रलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।– रासस/सिन्ह्वा

प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  २२:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार