जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

बुधबार, वैशाख १२, २०८१

काठमाडौँ । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् । अमिर थानीले सामाजिक सञ्जालमार्फत मित्रराष्ट्र नेपालको आफ्नो पहिलो भ्रमणका क्रममा नेपालको प्राचिन इतिहासको केहि अंश सिक्न पाएको र भ्रमणका क्रममा पाएको आतिथ्यताका लागि नेपाल, नेपालका नेताहरु र आम जनतालाई धन्यवाद दिएका हुन् ।   उनले भ्रमणका क्रममा आफुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग आर्थिक सम्बन्धलाई विकास गर्ने र द्विपक्षीय सहयोगलाई माथिल्लो स्तरमा पुर्‍याउने विभिन्न साझेदारहरूसहित सुदृढ गर्ने बारे छलफल भएको बताएका छन् । अमिर थानी आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १९:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार