ललितपुर कांग्रेसमा देउवा समूह विभाजित, अमात्यको समर्थन रामकृष्णलाई र मिनकृष्णलाई राणाको समर्थन

जितेन्द्र श्रेष्ठ पनि चुनावी प्रतिस्पर्धामा 
बिहीबार, मंसिर ९, २०७८

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा १० मंसिरमा जिल्ला अधिवेशन हुँदैछ । जसअन्तर्गत ललितपुरमा शुक्रबार जिल्ला अधिवेशन हुने भएको छ ।

यसपटक ललितपुर कांग्रेसमा संस्थापन सभापति शेरबहादुर देउवा पक्ष विभाजित भएको छ । ललितपुरमा देउवा पक्ष विभाजित भएको छ । 
जिल्ला अधिवेशनमा अमात्यले पूर्वसभासद् रामकृष्ण चित्रकारको नेतृत्वमा टिम तयार गरेका छन् । जसमा चित्रकार सभापति, उपसभापतिमा खोमप्रसाद घिमिरे र गजेन्द्र महर्जनले उम्मेदवारी घोषणा गरेका छन् । चित्रकार समूहलाई पूर्वसांसद चन्द्र महर्जन तथा ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनको साथ छ ।

उता, राणालगायतका नेताहरूले मिनकृष्ण महर्जनलाई सभापतिमा समर्थन गरेका छन् । जिल्लाका चारै तहको अधिवेशनमा राणा र महर्जनको प्यानल बनेको थियो । जसले वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा पकड जमाएको थियो । केन्द्रमा भने अमात्य र राणा दुवै देउवा पक्षका हुन् । 

ललितपुर कांग्रेस सभापतिका लागि जितेन्द्र श्रेष्ठले छुट्टै प्यानल बनाएका छन् । प्रकाशमान सिंह निकट श्रेष्ठलाई प्रकाशनन्दन जोशी, जितजंग बस्नेत, कर्मा व्यञ्जनकारलगायतको समर्थन रहेको बताइएको छ । महर्जन र श्रेष्ठमध्ये जसले पहिलो राउन्डमा बढी मत ल्याउँछ उसैलाई दोस्रो चरणमा सभापतिमा समर्थन गर्ने सहमति भएको बताइएको छ । 
ललितपुर जिल्ला सभापति अमात्यले बुधबार साँझ सभापतिमा संविधानसभा सदस्य रामकृष्ण चित्रकारसहितको टोलीको घोषणा गरेका थिए । चित्रकारको समूहमा गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन तथा खोमप्रसाद घिमिरेलाई उपसभापतिको रुपमा अघि बढाइएको छ । गजेन्द्र महर्जनले सभापतिमा दावी गरेकोमा बुधबार उनले चित्रकारलाई नै सहमति गर्नेगरी आफ्नो दावी छोडेका थिए । 
अधिवेशनको पुर्वसन्ध्यामा बुधबार एक कार्यक्रमका बीच चित्रकार समूहले उम्मेदवारी घोषणा गरेको हो । वर्तमान जिल्ला सभापति मदनबहादुर अमात्यको अगुवाईमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा चित्रकार प्यानलको तर्फबाट खोमप्रसाद घिमिरे र गजेन्द महर्जनलाई उपसभापतिको रुपमा अगाडी सारिएको छ
यसैगरी ललितपुर १ को नेता मीनकृष्ण महर्जनले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । महर्जनलाई ललितपुर १ क पूर्व सांसद तथा पूर्व अर्थ राज्यमन्त्री उदयसमशेर रानाको साथ् छ। ललितपुर १ मा आधाजस्तो पकड रहेका महर्जनको २ र ३ मा नगन्य रहेको बताइन्छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  १३:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार