चार वटा संसदीय समितिका बैठक बस्दै 

बिहीबार, असोज ८, २०८३

काठमाडौं । आज चार वटा संसदीय समितिका बैठक बस्दै छ ।  बिहीबार राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।  राज्य व्यवस्था तथा सुशासन समिति बस्दै छ । बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ उपर सैद्धान्तिक र संशोधन प्रस्तावकर्ता माननीय सदस्यसँग छलफल हुने कार्यसूची रहेको छ ।  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मस्यौदा प्रतिवेदन माथि छलफल हुने छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बैठकमा ‘दलितको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा’उपर छलफल हुने छ ।  संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक बस्ने भएको छ । बैठकमा प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने छन् ।   

 

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ०९:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार