नेपाल एसबीआई बैंकले घोषणा गर्‍याे लाभांश 

बुधबार, मंसिर ८, २०७८

काठमाडौं, ८ मंसिर : नेपाल एसबीआई बैंकले सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षका नाफाबाट ३ दशमलव ५० बोनस सेयर र एक दशमलव ८१ प्रतिशत नगद गरी कुल कुल पाँच दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र एसबीआईको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् । बैंकले गत वर्ष नौ दशमलव ४७ प्रतिशत लाभांश वितरण गरेको थियो । 

प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १५:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार