Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

कामपामा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान

बुधबार, कात्तिक १७, २०७८

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले हालसम्ममा ८०० रोपनी सार्वजनिक जग्गा पहिचान भएको जनाएको छ । आज वडा नं ३१ को जागृतिनगरमा बाल उद्यान शिलान्यास कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब ८०० रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको जानकारी दिए। “सार्वजनिक महत्वका जग्गा संरक्षण गर्ने हाम्रै काम हो”, प्रमुख शाक्यले भने, “अब हामी अतिक्रमित जग्गालाई खुला बनाउँछौँ । त्यसपछि स्वामित्व दाबी गर्ने आउन थाल्छन् ।” 
कार्यक्रममा ३१ वडाका वडाध्यक्ष नारायण भण्डारीले आफ्नो वडामा ३१ रोपनी सार्वजनिक जग्गाको पहिचान भएको जानकारी दिँदै उक्त जग्गालाई संरक्षण गरी सामाजिक उपयोगमा ल्याउने बताए । बागमती नदी किनारामा रहेको करिब छ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको करिब पाँच रोपनी क्षेत्रफलमा बाल उद्यान निर्माण हुनेछ । उक्त उद्यानको निर्माणको कामपा जलपा निर्माण सेवाले रु ७७ लाख २२ हजार ८१३ मा गर्ने पनि कार्यक्रममा जानकारी गराइएको छ ।    

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  २२:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार