बढ्दो कोरोना संक्रमणको ग्राफ 

आज थपिए ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त
शुक्रबार, कात्तिक ५, २०७८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । 
आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत रहेको छ । सङ्क्रमति शून्य रहेका जिल्ला मुस्ताङ र मुगु रहेका छन् ।  पछिल्लो २४ घन्टामा ९३२ जना सङ्क्रमणबाट निको भएका छन् । 

यससँगै नेपालमा हालसम्म सात लाख ८५ हजार ८१३ जनामा सङ्क्रमण रहेको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९७।२ प्रतिशत रहेको छ । आज कोरोना सङ्क्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार ३३७ जनाको निधन भएको छ ।त्यसैगरी होम आइसोलेसन १० हजार ११६, संस्थागत आइसोलेसनमा ८३० जना, सघन उपचार कक्ष (आइसियु) मा २७९ र भेन्टिलेटरमा ९१ जना रहेका छन् । आज ५८ हजार ८५३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ९४ हजार २७४ पहिलो मात्रा र ६५ लाख ४६ हजार २३७ पूर्ण मात्राको खोप लगाइसकेका छन् । 

सुदूरपश्चिममा थप २६ जनामा सङ्क्रमण 

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप २६ जनामा कोरोना भाइरस सङ्क्रमण  पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ५८९ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 
एक्काइस जनामा पीसीआर र पाँच जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पताल २० र डडेल्धुरा अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत बाजुराका तीन र बैतडीका  दुई जनामा सङ्क्रमण देखिएको हो ।  
यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जनाले कोरोना जितेका छन् भने उक्त अवधिमा यस प्रदेशमा  सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन् । यसअघि यस प्रदेशमा बिहीबार २०  जनामा सङ्क्रमण पुष्टि हुँदा १९  जना डिस्चार्ज भएका  थिए ।  

प्रदेश नं १ मा ९० जनामा कोरोना सङ्क्रमण
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ३१ महिला सहित ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।    सामाजिक विकास मन्त्रालयका अनुसार ४४६ जनाको पिसीआर परीक्षण गर्दा ६३ र १७६ जनाको एन्टिजेन परीक्षण गर्दा २७ जनामा सङ्क्रममण देखिएको छ ।
सङ्क्रमितमा झापामा ३३, मोरङमा २०, सुनसरीमा तीन, इलाममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका चार जना रहेका छन् । स्थानीय तहअनुसार झापाको भद्रपुरमा १०, विर्तामोडमा नौ, दमक, अर्जुनधारा र शिवसताक्षीमा तीन÷तीन, हल्दिबारी र कनकाईमा दुई÷दुई र गौरादहमा एक, मोरङको विराटनगरमा १०, सुन्दरहरैचामा चार, कटहरीमा तीन, बेलबारीमा दुई, कानेपोखरीमा एक, सुनसरीको धरानमा तीन, इलामको इलाम नगरपालिका र माईजोगमाईमा एक÷एक, उदयपुरको उदयपुरगढीमा एक र प्रदेश बाहिरका चार जनामा सङ्क्रमण देखिएको हो । 
प्रदेशमा आजै २९ महिलासहित ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई  महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार