कोेरोनाबाट बेलायतमा एकै दिन करिब ५० हजार जना सङ्क्रमित 

बिहीबार, कात्तिक ४, २०७८

लण्डन । बेलायतमा कोेरोनाबाट एकै दिनमा करिब ५० हजार सङ्क्रमित भएका छन् । प्राप्त समाचारअनुसार गएको २४ घन्टायतामात्र यहाँ थप ४९ हजार १३९ कोरोना सङ्क्रमित भएका छन् ।  यहाँ तीन महिनापछि पछिल्लो २४ घण्टामा यति धेरै सङ्ख्यामा सङ्क्रमित भेटिएका बताइएको छ । बुधबार यहाँ यतिधेरै सङ्क्रमित भ्ेटिएपछि बेलायतका अधिकारीले यहाँ कोरोना सङ्क्रमण घट्न नसकेको देखिएको बताएका छन् । सोमबार पनि यहाँ ४९ हजार जना सङ्क्रमित देखिएको स्वास्थ्य अधिकारीले जनाएका थिए । यहाँ देखिएको यो सङ्ख्या महिनौँपछिको सबैभन्दा धेरै हो । पछिल्ला केहीदिनमा सङ्क्रमण झन् बढेको पाइएको छ । अधिकारीले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको सङ्ख्या करिब ८५ लाख ८९ हजार पुगेको पनि जनाएका छन् ।
स्वास्थ्य मन्त्रालयद्वारा बुधबार जारी वक्तव्यमा उल्लेख गरिएअनुसार पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १७९ जनाको निधन भएको छ । यो समेतगरी एक लाख ३९ हजारभन्दा धेरै मानिसको यो सङ्क्रमणबाट ज्यान गएको हो ।
महिनौँपछि ठूलो सङ्ख्याका सङ्क्रमित पाइएका भन्दै प्रधानमन्त्री बोरिस जोन्सनले थप सतर्कताका लागि आग्रह गर्नुभएको छ । स्वास्थ्य अधिकारीले धेरै समयपछि मृत्यु हुनेको सङ्ख्या पनि बढ्न थालेको बताएका छन् । यसैबीच बेलायतका स्वास्थ्यसम्बन्धी अधिकारीले यहाँको सरकारलाई बेलायतमा हिँड्डूलमा कडाइ गर्न तथा अन्य सामाजिक गतिविधिमा पनि प्रतिबन्ध लगाउन सुझाव दिएका छन् ।– एएफपी  
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७८  २१:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार