माधव नेपाल भेटेर फान्सेली राजदूतले भनिन्, 'दुई देशको सम्बन्धलाई थप सुमधुर बनाउन प्रयत्न गर्छु'

मंगलबार, असोज २६, २०७८

काठमाडौं :  नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत गिल्स बोर्बाओले नेपाल र फ्रान्स बीचको सम्बन्धलाई थप बलियो र सुमधुर बनाउन प्रयत्न गर्ने बताएकी छन् ।

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं नेपाल-फ्रान्स पार्लियामेन्टरी कमिटीका संयोजक माधवकुमार नेपालसॅगको भेटमा राजदूत बोर्बाओले नेपाल आउन पाउॅदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा नेपाल र फ्रान्स बीचको सम्बन्धलाई उचाइँमा पुर्‍याउने बताएकी हुन् ।  

अध्यक्ष नेपालले नवनियुक्त राजदूत बोर्बाओलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए ।

भेटका अवसरमा नेपाल-फ्रान्स सम्बन्ध, सहयोग र सहकार्यको इतिहास, वर्तमान र भविष्यका संभावनाका विषयमा कुराकानी भएको समाजवादी पार्टीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २६, २०७८  २०:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार