कोरोना अपडेट : ७६४ जना संक्रमित थपिँदा एक हजार ३३ जना संक्रमणमुक्त

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ७६४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार १० हजार ६८८ जनामा कोरोना परीक्षण गर्दा ७६४ जनामा संक्रमण पाइएको हो । शुक्रबार थपिएकासँगै देशभर सक्रिय संक्रमित १५ हजार ६१४ जना छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला आठ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला २० छन् ।  पछिल्लो २४ घन्टामा एक हजार ३३ जनाले संक्रमण जितेका छन् । योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ७४ हजार १७३ रहेको छ ।  नेपालमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ७ प्रतिशत छ । यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २१० जनाको निधन भइसकेको छ । हाल देशभर ३१३ जना सघन उपचार कक्ष (आईसीयू), ११३ जना भेन्टिलेटर, १४ हजार ४६१ जना होम आइसोलेसन, एक हजार १५३ जना संस्थागत आइसोलेसन र २४१ जना क्वारेन्टिनमा छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार