माल्दिभ्सको पहिलो जित, बंगलादेश २-० ले पराजित

शुक्रबार, असोज २२, २०७८


काठमाडौं :  बंगलादेशलाई पराजित गर्दै  घरेलु टोली  माल्दिभ्सले साफ च्याम्पियनसिप फुटबलमा पहिलो जित निकालेको छ ।

बिहीबार मालेस्थित राष्ट्रिय रंगशालामा राति बंगलादेशलाई २-० गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले पहिलो जित निकालेको हो ।

माल्दिभ्सको जितमा हाम्जा मोहमेद र अलि अस्फाकले १/१ गोल गरे । खेलको ५५ औँ मिनेटमा हाम्जाले गोल गर्दै माल्दिभ्सलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औँ मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

जितसँगै माल्दिभ्सले २ खेलमा ३ अंक जोडेको छ ।  माल्दिभ्स तेस्रो स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा माल्दिभ्स नेपालसँग १-० ले पराजित भएको थियो । बंगलादेशको यो पहिलो हार हो । यसअघि बंगलादेशले १ जित र १ बराबरीको नतिजा निकालेको थियो । बंगलादेश ४ अंक जोडेर दोस्रो स्थानमा छ ।

तालिकामा २ जित सहित ६ अंक बनाएर नेपाल शीर्ष स्थानमा छ । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०९:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार