भारत श्रीलंकासँग रोकियो, नेपाल फाइनलतर्फ उन्मुख

शुक्रबार, असोज २२, २०७८

काठमाडौं : सात पटकको साफ च्याम्पियन भारत श्रीलंकासँग रोकिएको छ ।

बिहीबार साफ च्याम्पियनसिप, २०२१ अन्तर्गत राउन्ड रोबिन लिगको तेस्रो चरणमा श्रीलंकाले उपाधि दाबेदार भारतलाई गोलरहित बराबरीमा रोकेको हो ।

खेलमा भारतले पकड जमाए पनि गोल गर्न भने सकेन । बराबरीसँगै भारतको फाइनल पुग्ने समीकरण कमजोर भएको छ । भारतले लिग चरणका दुवै खेलमा बराबरी खेलेको छ ।

यो नतिजासँगे नेपालको फाइनल पुग्ने संभावना बलियो भएको छ । नेपालले दुई खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा छ । बंगलादेशको दुई खेलमा ४ अंक तथा भारतको दुई खेलमा २ अंक छ ।
श्रीलंका १ अंक जोड्दै चौथोमा रहँदा अंकविहीन माल्दिभ्स पुछारमा छ ।

आज हुने अर्को खेलमा आयोजक माल्दिभ्सले बंगलादेशको सामना गर्नेछ ।

बंगलादेशले आज जीत हासिल गरे अंक तालिकाको शीर्ष स्थानमा उक्लनेछ । साविक विजेता माल्दिभ्स प्रतियोगितामा पहिलो अंक जोड्न चाहन्छ ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  ०५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार