प्रशान्तविक्रम मल्ले पाए क्यान सचिवको जिम्मेवारी

बिहीबार, असोज २१, २०७८

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सचिवमा प्रशान्तविक्रम मल्ललाई नियुक्त गरेको छ । निवर्तमान सचिव अशोकनाथ प्याकुर्‍यालले पदबाट राजीनामा दिएपछि क्यानले सो पदमा मल्ललाई नियुक्त गरेको हो । क्यानको बुधबार र बिहीबार बसेको केन्द्रीय समितिको बैठकले अशोकनाथसँगै उपाध्यक्ष राजुबाबु श्रेष्ठको राजीनामा स्वीकृत गर्दै सचिवमा मल्ललाई नियुक्त गरेको हो । यस्तै, क्यानले डिसेम्बर २५ मा साधारणसभा गर्ने निर्णय गरेको छ । क्यानको बैठकले कर्णाली प्रदेशमा प्रदेश मातहत न्यूनतम चार जिल्ला हुनुपर्ने वैधानिकअनुसार कालीकोट, सल्यान, दैलेख र रुकुम पश्चिमलाई मान्यता दिने भएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १५:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार