भैरहवाविरुद्ध पोखरा टस जितेर ब्याटिङमा

बिहीबार, असोज २१, २०७८

काठमाडौं । भैरहवा ग्ल्याडियटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो क्वालिफायर खेलमा पोखरा राइनोजविरुद्ध टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । टियु क्रिकेट मैदानमा पोखरा कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । भैरहवा ग्ल्याडियटर्सले एलिमिनेटरमा काठमाडौं किंग्स इलेभेनलाई १६ रनले पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको थियो । पोखरा राइनोज पहिलो क्वालिफायरमा चितवन टाइगर्ससँग ९ विकेटले पराजित भएको थियो । आजको विजेताले फाइनलमा चितवन टाइगर्ससँग खेल्नेछ ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार