फ्रान्सले ५० लाख डोज कोभिड खोप चोर्‍योः वेलायत

बिहीबार, असोज २१, २०७८

वेलायत । आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ वेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा वेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षडयन्त्र गरेको वेलायतले आरोप लगाएको हो । वेलायततर्फ लैजाँदै गरिएको एस्ट्राजेनेकाको खोपको ठूलो व्याच नेदरल्यान्डबाट  ‘डाइर्भट’ गरिएको वेलायतको दाबी छ । राष्ट्रपति म्याँक्रोले एस्ट्राजेनेका खोप खासै प्रभावकारी नभएको भन्दै अफावा चलाएको र युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयानले फाईजरलाई वेलायत पठाउन रोक्ने चेतावनी दिएको वेलायतको दाबी छ । २२ मार्चमा एस्ट्रजेनेकाका प्रमुखले लाखौं डोज खोप वेलायत पुग्ने अनुमान गरे पनि त्यो अन्तिम गन्तव्यमा नपुगी फर्काइएको वेलायतको दाबी छ । खोप फिर्ता हुँदा वेलायतलाई ठूलो नोक्सान भएको उसको भनाई छ । तर, वेलायतको आरोपलाई एस्ट्रजेनेकाले अस्वीकार गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार