६ वर्षअघि विकसित गरिएको मलेरिया खोप अफ्रिकामा लगाउन अनुमति

बिहीबार, असोज २१, २०७८


नैरोबी । अफ्रिकी बालबालिकालाई मलेरिया रोग विरुद्धको खोप  दिन लागिएको छ । आरटीएस, एस नाम दिइएको खोप ६ वर्षअघि प्रभावकारी प्रमाणित भए पनि परीक्षणकै क्रममा थियो ।  विकसित गरिएको खोप प्रभावकारी सावित भएको र अफ्रिकाका अन्य देशमा खोप लगाउन अनुमति दिइएको डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस ए गेब्रेयसले बताए ।घाना, केन्या र मलावीमा सफल परीक्षणपछि सहारा अफ्रिका र अन्य क्षेत्रमा खोप वितरण गरिने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ । आठ लाख बालबालिकामा गरिएको परीक्षणमा खोपले गम्भीर भएर अस्पताल भर्ना हुने दरलाई ३० प्रतिशतले घटाएको देखाएको थियो । त्यस्तै, खोपले हरेक १० जनामध्ये ४ जनालाई मलेरिया लाग्नबाट बचाउने र प्रत्येक १० जनामध्ये ३ जनालाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउने देखाएको थियो ।  चिकित्सा क्षेत्रकै महत्वपूर्ण उपलब्धि मानिएको यो खोपको विकासलाई मलेरियाविरुद्ध लड्ने विश्व अभियानमा महत्वपूर्ण खुड्किलो मानिएको छ । मलेरियाबाट हरेक वर्ष चार लाख मानिसहरूको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ११:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार