प्रदेश नं १ मा १९७ जनामा कोरोना सङ्क्रमण

बिहीबार, असोज २१, २०७८

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा तराईका तीन जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढी रहेको छ । मोरङमा सबैभन्दा बढी ५०, सुनसरीमा ४३ र झापामा ४५ जनामा सङ्क्रमण भएको छ भने पहाडी तथा मध्यपहाडी जिल्ला धनकुटामा तीन, पाँचथरमा दुई, इलाम र उदयपुरमा एकएक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा ८११ जनाको पीसीआर परीक्षण गर्दा १४५ र २२० जनाको ऐन्टिजेन परीक्षण गर्दा ५२ जना गरी कूल १९७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयको भनाइ छ । स्थानीय तहअनुसार मोरङको विराटनगरमा ३३, सुन्दरहरैचामा आठ, बूढीगङ्गा र रतुवामाइमा दुई÷दुई, पथरी शनिश्चरेमा एक, कानेपोखरी, कटहरी, केराबारी र लेटाङमा एक÷एक सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी झापाको भद्रपुरमा ११, कनकाइ र विर्तामोडमा सात÷सात, दमक, मेचीनगर र अर्जुनधारामा चार÷चार, कमल गाउँपालिकामा तीन, शिवसताक्षीमा दुई, गौरादह, हल्दिबारी र झापा गाउँपालिकामा एक÷एक सङ्क्रमित भएका छन् । 
सुनसरीको इटहरीमा २६, धरानमा नौ, इनरुवामा चार, रामधुनीमा दुई, दुहवी र हरिनगरमा एक÷एक, धनकुटाको धनकुटामा दुई र पाख्रिबासमा एक, पाँचथरको हिलिहाङमा दुई, इलामको इलाम नगरपालिका र उदयपुरको बेलकामा एक÷एक जनामा सङ्क्रमण देखिएको बताइएको छ । प्रदेशमा आजै ७७ पुरुषसहित १५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

गण्डकीमा ८४ जना कोरोना सङ्क्रमणमुक्त
    
गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा ९३ जना सङ्क्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
थपिनेमा कास्कीका ५७ जना, स्याङ्जाका १५ जना, लमजुङ र गोरखाका छ-छ जना, नवलपरासी पूर्वका पाँच र तनहुँका चार जना छन् । प्रदेशमा सक्रिय सङ्क्रमित एक हजार ४३ जना छन् भने होम आइसोलेशनमा ८९७ जना रहेका छन् । 
अद्यावधिक विवरणअनुसार प्रदेशमा कूल सङ्क्रमित ८६ हजार १८१ छन् भने हालसम्म निको हुनेको सङ्ख्या ८३ हजार ७६६ रहेको छ । सङ्क्रमणका कारण प्रदेशमा हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ३७२ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 
 

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  ०६:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार