ए डिभिजन फुटसल लिगकाे फाइनलमा क्यासल  

बुधबार, असोज २०, २०७८

पोखरा : 

पोखरामा जारी ए डिभिजन लिग फुटसल राष्ट्रिय प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलबाट घरेलु टोली स्पोर्ट्स क्यासल र शंखमूल क्लब फाइनल प्रवेश गरेका छन् ।

फाइनल प्रवेशका लागि भएको पहिलो खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई ८-६ को गोल अन्तरले हराएको हो । क्यासललाई फाइनलमा पुर्‍याउन सुमित श्रेष्ठ नायक बने ।

क्यासल लिग तालिकाको शीर्ष स्थानमा रहँदै प्लेअफमा पुगेको थियो भने राइजिङ दोस्रो स्थानमा थियो ।

यस्तै, सविन मेमोरियल शंखमूलसँग ३-२ को हार बेहोर्दै प्रतिस्पर्धाबाट बाहिरिएको छ । अब शंखमूलले फाइनल प्रवेशका लागि द राइजिङ क्लब धरानसँग खेल्नेछ ।

प्रतियोगिताअन्तर्गत २२ गते फाइनल प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा विभिन्न प्रदेशका १० वटा टिम सहभागी थिए । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार