एलबिटी भलिबल प्रतियोगिता शुक्रबार

बुधबार, असोज २०, २०७८

काठमाडौं : 

यौनिक तथा लैगिक अल्पसंख्यक महिला समलिंङ्गि, द्विलिंगि र ट्रान्सम्यान(एलबिटी)को एकदिने राष्ट्रिय भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ।  

समावेशी मन्च नेपालले बुधबार दिएकाे जानकारीअनुसार नेपालमा पहिलो पटक याे प्रतियोगिता आयोजना हुन लागेकाे हाे । प्रतियोगिता दशरथ रंगशालाको कभर्डहलमा २२ असोज (शुक्रबार) आयोजना हुनेछ ।  

आयोजकले ओझेलमा परेका समलिंगीेबिच प्रतियोगिता गर्ने र उनीहरूको क्षमता अभिवृद्धि गर्न, समुदायमा पछि परेका व्यक्तिहरूलाई अगाडि बढाउने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न खोजिएकाे बताएको छ । 

प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १८:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार