सुदूरपश्चिममा थपिए ३६ जनामा सङ्क्रमित 

मंगलबार, असोज १९, २०७८

बैतडी । सुदूरपश्चिम प्रदेशमा  सोमबार ३६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४०३ जनाको नमूना परीक्षण गरिएको थियो ।
छब्बिस  जनामा आरटी पीसीआर र १० जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षण गरिएको थियो  । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा १८, डडेल्धुरा अस्पतालमा चार,जिल्ला अस्पताल बैतडीमा तीन र महाकाली अस्पतालमा एक  जनामा सङ्क्रमण पुष्टि भएको हो । एन्टिजेन विधिमार्फत कञ्चनपुरमा पाँच, कैलाली र डडेल्धुरामा दुई÷दुई र बैतडीका एक  जनामा सङ्क्रमण देखिएको हो ।  
गएको २४ घण्टामा प्रदेशभर २९ जनाले कोरोना जितेका छन्, भने उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।  यसअघि आइतबार यस प्रदेशमा १५ जनामा सङ्क्रमणको पुष्टि हुँदा २९ जना निको भएका  थिए ।  

प्रदेश नं १ मा १८६ जनामा कोरोना सङ्क्रमण 

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना सङ्क्रमण भएको छ । आठ सय २६ जनाको पिसिआर परीक्षण गर्दा १३९ र २३८  जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४ मध्ये विराटनगरमा २८, सुनसरीमा २४, उदयपुरमा दुई, पाँचथर, ताप्लेजुङ, र धनकुटामा एक–एकजनामा सङ्क्रममण देखिएको हो । प्रदेशमा आजै १८७ महिलासहित ३२० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा एक महिला र दुई पुरुष गरी तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  ०६:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार