साफ च्याम्पियनसिप : भारत र बंगलादेशले अंक बाँडे

सोमबार, असोज १८, २०७८

काठमाडौं ।  साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा भारत बंगलादेशसँग रोकिएको छ ।  सोमबार साँझ भएको खेलमा सात पटकको च्याम्पियन भारत १० खेलाडीमा सीमित बंगलादेशसँग १(१ गोल अन्तरको बराबरी खेल्दै अंक बाँड्न बाध्य भएको हो । 

भारतले सुरुवाती अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले २६ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।  खेलको ७४ मिनेटमा बंगलादेशका यासिन अराफ्तले बराबरी गोल गरेका थिए ।  दोस्रो हाफको ५४ मिनेटमा बंगलादेश १० खेलाडीमा सीमित भएको थियो । बंगलादेशका विश्वनाथ घोसले सिधै रातो कार्ड बेहोरे । 

भारतका लिस्टन कोलाकोलाई ट्याकल गरेपछि रेफ्री अल सम्रानी मदिज मोहम्मदले घोसलाई सिधै रातो कार्ड देखाए । 

खेलसँगै बंगलादेशले दुई खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भारत एक खेलबाट १ अंकसहित तेस्रो स्थानमा छ ।  एक खेलमा १ जितसहित नेपाल दोस्रो स्थानमा छ । आजै हुने दोस्रो खेलमा नेपालले श्रीलंकाको सामना गर्दै छ । खेल राति पौने १० बजे सुरु हुनेछ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  २०:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार