१० जना खेलाडीलाई एन्फाको कोभिड राहत

सोमबार, असोज १८, २०७८

 खोटाङ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोभिड १९ को महामारी सामना गरेका खोटाङका १० जना खेलाडीलाई राहत प्रदान गरेको छ । जिल्ला फुटबल संघको संयोजनमा एन्फाले जिल्लाका १० वटा फुटबल क्लबका एकरएक जना खेलाडीलाई जनही सात हजार ५०० रुपैयाँका दरले कोभिड राहत प्रदान गरेको हो । जिल्ला फुटबल संघमा आवद्ध फुटबल क्लबको सिफारिसअनुसार अनुशासित, उत्कृष्ट र संभावना बोकेका खेलाडीलाई छनोट गरेर एन्फाको राहत प्रदान गरिएको जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवबिक्रम राईले बताए ।बुइपा एलाभेन स्पोर्ट्स क्लबका तेजकुमार राई, नुनथला फुटबल क्लबका पवन राई, खोटाङ फुटबल एकेडेमीका रोसिस सैँजू, खारम्बु स्पोर्ट्स क्लबका शुभचन्द्र राई, हलेसी तुवाचुङ फुटबल क्लबका प्रवेश राई, सोल्मा स्पोर्ट्स क्लबका नवीन पोखरेल, नमुना स्पोर्ट्स क्लबका सरोज राई, जन्तेढुंगा फुटबल क्लबका निश्चल राई, खोटाङ भगवती स्पोर्ट्स क्लबका विपन राई र बाक्सिला फुटबल क्लबका रोशन राईलाई एन्फाको राहत प्रदान गरिएको हो ।

खेलाडीलाई फुटबल संघका अध्यक्ष राई र वरिष्ठ उपाध्यक्ष एवं अखिल नेपाल फुटबल संघ प्रदेश १ का सदस्य समीर राईले चेक हस्तान्तरण गरेका थिए । 

आफ्नो सदस्यस्ता दिएसँगै एन्फाले खोटाङमा खेलकुदसम्बन्धी गतिविधि गर्न थालेको हो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो । एन्फाको सदस्यता प्राप्तिसँगै जिल्लामा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै आएको छ । 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार