पोखरालाई काठमाडौंको बलियो लक्ष्य 

सोमबार, असोज १८, २०७८

काठमाडौं । काठमाडौं किंग्स-११ ले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजलाई १८३ को लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको हो । काठमाडौंको सम्मानजनक योगफलमा अमित श्रेष्ठ र रायन बर्लले अर्धशतकीय इनिङ्स खेले । अमितले सर्वाधिक ५६ रन बनाए । ४१ बल खेलेका अमितले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै रायनले ५० रन बनाए । ४३ बल खेलको रायनले २ चौका र ३ छक्का हिर्काए । कप्तान सन्दीप लामिछानेले ३१ र रहमानुल्लाह गुर्बाजले १२ रन बनाए । टस जितेर  बलिङ गर्ने गरेको पोखराका लागि विवेक यादवले सर्वाधिक ३ विकेट लिए । यस्तै विक्रम सोब, नन्दन यादव, किशोर महतो र साहन अराच्चिगले समान १-१ विकेट लिए । आजै भएको पहिलो खेलमा भैरहवाले चितवनलाई ६ विकेटले पराजित गरेकाे थियाे । जारी ईपीएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राएनोज पनि प्लेअफमा पुगिसकेका छन् । अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ । काठमाडौंले बाँकी एक खेल जिते स्वतः प्लेअफ पुग्नेछ । यदि दुवै खेलमा काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ ।

 

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार