कांग्रेस महामन्त्री खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख

एपीएफ अस्पतालले भन्यो
सोमबार, असोज १८, २०७८

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था स्थिर तर सुधारोन्मुख रहेको नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ । कोभिड संक्रमण भई अस्पताल भर्ना भएका नेता खड्कामा निमोनिया देखिएको र अहिले अवस्था सुधारोन्मुख रहेको सोमबार जारी प्रेस नोटमा उल्लेख छ । खड्का गत मंगलबार अस्पताल भर्ना भएका थिए । उनको रक्तचाप, पल्स, अक्सिजनको लेबल सबै सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार