पूर्व फिफा रेफ्री खत्रीको निधन

सोमबार, असोज १८, २०७८

काठमाडौं । पूर्व फिफा रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ ।  ५० वर्षीय खत्रीको निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । पारिवारिक स्रोतका अनुसार आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेका थिए । त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका  थिए । उनलाई उपाचारका लागि मेडिसिटी अस्पताल लगिएकोमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । जावलाखेल युथ क्लब, थ्रि स्टार र फ्रेन्डस क्लका पूर्व खेलाडी खत्री पूर्व फिफा रेफ्री पनि हुन् ।  नेपालका सर्वोत्कृष्ट रेफ्री मानिने उनी सन् २०१८ मा उमेर हदका कारण फिफा रेफ्रीबाट निवृत भएका थिए । फिफा रेफ्रीबाट निवृत भएयता खत्रीले रेफ्री इन्स्ट्रक्टरको रुपमा नेपाली फुटबलको सेवा गर्दै आएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  ११:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार